Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • एमाले र माओवादीका बैठकप्रति बाबुरामको टिप्पणी – दृश्य र प्रवृत्ति हेर्दा रूसी पार्टीको झल्को आयो

    एमाले र माओवादीका बैठकप्रति बाबुरामको टिप्पणी – दृश्य र प्रवृत्ति हेर्दा रूसी पार्टीको झल्को आयो

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 174
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकप्रति कडा टिप्पणी गरेका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले दुवैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आएको टिप्पणी गरेका हुन् । बाहिरी रूप ‘समाजवादी’ देखिए पनि भित्री सार भने ‘नोकरशाही पुँजीवादी’ रहेको उनको आरोप छ ।



    ‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो- बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी !’ उनले भनेका छन् ।



    माओवादी अध्यक्ष प्रचण्डभन्दा बरू एमाले अध्यक्ष केपी शर्मा ओली बढी खुला र प्रस्ट रहेको उनको टिप्पणी छ । ‘बरू ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदा झैं कुटिल र छद्म ! खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा ! बाघ vs ब्वाँसो ? नेपाल र रूसको नियति फरक होला ? उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार