Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • गोकर्णेश्वर नगरपालिकामा लुट : केहीलाई घरमै बसेर तलब, कर्मचारीको सञ्चय कोष नै गायब !

    गोकर्णेश्वर नगरपालिकामा लुट : केहीलाई घरमै बसेर तलब, कर्मचारीको सञ्चय कोष नै गायब !

    अनलाइन नेपाल
  • बुधबार, २४ पुष २०८१
  • 201
    SHARES

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा केही जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता बढेको छ ।

    नगरपालिकाका केही कर्मचारीले आफन्तलाई कार्यालय सहयोगीमा भर्ना गरी घरमै राखेर तलब दिने गरेको छन् । अर्चना पौडेल, सरस्वती विष्ट लगायतलाई कार्यालय सहयोगीमा भर्ना गरिएको छ ।



    तर, उनीहरु कार्यालयमा आउने गरेका छैनन्। लेखा प्रमुख रामजी रायमाझीले उनीहरूको तलब भने नियमित पठाउने गरेको नगरपालिका स्रोत बताउँछ ।



    अर्कोतर्फ केही कर्मचारीको नियमित तबल, सञ्चय कोष, नागरिक लगानी कोष र स्थानीय भत्ता समेत नहाली चलखेल भएको आरोप लागेको छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

    नगरपालिकामा मेयर दिपक कुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली, प्रशासन शाखा प्रमुख भूपेन्द्र बोहरा र लेखा प्रमुख रामजी रायमाझी मिलेर व्यापक अनियमितता गरेको आरोप लागेको छ ।

    मेयर र प्रशासकीय अधिकृत नातेदार भएकाले मिलेमतोमै संगठित भ्रष्टाचार बढेको स्रोत बताउँछ । कतिसम्म भने स्टोरका सामान समेत कर्मचारीको घर–घरमा पुग्ने गरेको छ ।

    गत साता मात्र अख्तियारले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै शैलीको भ्रष्टाचार गोकर्णेश्वरमा समेत देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार