काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीलाई दिइएको छ ।
सुनसरीको प्रमुख जिल्ला अधिकारीबाट हालै गृह मन्त्रालयमा सरुवा भएका तिवारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
तिवारीलाई मन्त्रालयमा सुरक्षा समन्वय माहाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ।
मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने गरिएको छ। अर्को साताबाट तिवारीले जिम्मेवारी सम्हाल्नेछन्।
यसअघिका प्रवक्ता ऋषिराम तिवारीको काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएपछि गृहको सुरक्षा समन्वय माहाशाखा प्रमुखमा रामचन्द्रलाई ल्याइएको हो।
गत सोमबार गृह मन्त्रालयका १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको थियो।
Leave a Reply