Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो, तारेखमा छाड्नु पर्ने माग

    रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो, तारेखमा छाड्नु पर्ने माग

    अनलाइन नेपाल
  • मंगलबार, २३ पुष २०८१
  • 447
    SHARES

    कास्की । रास्वपा सभापति रवि लामिछानेका तर्फबाट बहस सकिएको छ ।

    मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा रविको तर्फबाट सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, डा. नारायण घिमिरेसहित ११ जना कानुन व्यवसायीले बहस गरेका हुन् ।



    योसँगै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको थुनछेक बहस सकिएको छ ।



    रविका सबै कानुन व्यवसायीले प्रतिशोध साधेर रविलाई फसाइएको बहस गरेका थिए । रवि भागेर कतै नजाने भएकाले तारेखमा छाड्नुपर्नेमा कानुन व्यवसायीको बहस रहेको थियो ।

    अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार