Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्न चिकित्सकको टोली पठाइने

    गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्न चिकित्सकको टोली पठाइने

    अनलाइन नेपाल
  • मंगलबार, २३ पुष २०८१
  • 114
    SHARES

    कैलाली । कैलालीको गेटामा तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न १० जना चिकित्सकहरू पठाइने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका अनुसार छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई गेटा पठाइने भएको हो ।



    उनले तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । साथै मन्त्री पौडेलले गेटाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को तयारी थालिएको बताए ।



    तर, नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको मन्त्री पौडेलले बताए ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ अर्ब ६२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएका भौतिक संरचनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल ५० शय्याको अस्पताल सञ्चालन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार