Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • वर्तमान सरकारले स्थायित्वको आशा जगाएको एमालेको निष्कर्ष

    वर्तमान सरकारले स्थायित्वको आशा जगाएको एमालेको निष्कर्ष

    अनलाइन नेपाल
  • मंगलबार, २३ पुष २०८१
  • 96
    SHARES

    काठमाडौं । तीन दिन चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १४ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटी बैठकले १४ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो ।



    बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर बनेको एमाले र कांग्रेस संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष समेत निकालेको छ ।



    गौतमले भने–‘मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दले सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार