काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्।
प्रधानमन्त्री ओलीले साफ महिला फुटबल, एसियाली कराँते र भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन्।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदको मंसिर २८ गतेको निर्णयबमोजिम पुस्कार प्रदान गरे ।
प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ।
Leave a Reply