Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • संसदमा बिजनेस दिन प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

    संसदमा बिजनेस दिन प्रधानमन्त्रीलाई राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २३ पुष २०८१
  • 198
    SHARES

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले प्रयाप्त विजनेस नदिएको गुनासो गरेका छन् ।

    राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा विषयगत समितिका सभापति र सचिवहरुसँग छलफल गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।



    उनले सरकारसँग सभाको लागि बिजनेस मागे । उनले संसदको मुख्य काम कानुन निर्माण र संसदीय निगरानी भएको बताए ।



    तर, सरकारले प्रयाप्त विजनेस नदिएको उनको गुनासो छ । सरकारलाई बिजनेस दिन बारम्बार आग्रह गरिरहेको पनि उनले बताए ।

    अध्यक्ष दाहालले भने, ‘हाम्रो मुख्य काम कानुन निर्माण नै हो । मैले मेरो तहबाट सरकारलाई विजनेस दिन भनिरहेको छु । प्रधानमन्त्रीज्यू, कानुनमन्त्रीज्यू हामीलाई बिजनेस दिनुस्, जतिसक्यो धेरै विधेयकहरु ल्याइदिनुस् भनेकै छु । सरकार संसदलाई विजनेस दिन गम्भीर बनोस् भन्ने हामी सबैको चाहना हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार