Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • आईजीपीको परिपत्र एसपीले टेरेनन्, एसएसपी बढुवामा शक्तिकेन्द्रमार्फत चलखेल

    आईजीपीको परिपत्र एसपीले टेरेनन्, एसएसपी बढुवामा शक्तिकेन्द्रमार्फत चलखेल

    अनलाइन नेपाल
  • सोमबार, २२ पुष २०८१
  • 4.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा गत असोज यता एआइजीमा चार पटक बढुवा भइसकेको छ, तर एसपीबाट एसएसपीमा भने एकपटक पनि हुन सकेको छैन । एसएसपी बढुवामा तिव्र चलखेलका कारण यस्तो अवस्था आएको हो ।

    गत साता एआइजी र डिआइजीकोसँगै एसएसपीको पनि बढुवा निकाल्ने प्रहरी प्रधान कार्यालयको तयारी थियो ।



    तर, एसएसपी बढुवा यती पेचिलो बनेको छ कि आइजिपी बसन्तबहादुर कुँवर मात्र होइन गृहमन्त्री रमेश लेखक समेत दबाब थेग्न नसकेर आफै आजित भएका छन् । किनकी बढुवाका जुनियर आकांक्षीहरुले शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् ।



    यस्तै चलखेलपछि प्रहरी महानिरीक्षक कुँवरले तीन साताअघि परिपत्र गर्दै राजनीतिक लबिइङमा लाग्ने अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

    तर, कसैले त्यो परिपत्र टेरेका छैनन् । त्यस्ता अधिकृतलाई उनले कारबाही गर्ने आँट पनि देखाएका छैनन् । जसकारण प्रहरीमा चेन अफ कमाण्ड झ्न् खस्कदै गएको छ ।

    हाल एसएसपीका २५ दरबन्दी रिक्त छ । जसमा ६० भन्दा धेरै एसएसपीबिच प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा जुनियर टोलीका अधिकारी सबैभन्दा बलिया देखिएका छन् ।

    सिनियर ब्याचका गोविन्द अधिकारी र बिनोद सिलवाल यसपटक बढुवामा राख्नैपर्ने दबाब छ । मुख्यगरी ११४ टोलीबाट बढुवामा चर्को प्रतिस्पर्धा छ ।

    यो ब्याचका चार टोलीहरु शक्तिसंघर्षमा लागेका छन्। जुनियरहरुले कांग्रेश सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीको सचिवालयबाट दबाब दिएपछि गृहमन्त्रीले निर्णय गर्न सकेका छैनन्।

    पहिलो लटमा बढुवा हुने रमेश थापा,कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी, कमल थापा छन् ।

    उनीहरुमध्ये कमल थापामाथि हनि ट्रयापिङको गिरोहसँग मिलेको अभियोगमा छानविन भइरहेको छ । तर, छानविनमा ढिलाई गरेर उनी प्रधानमन्त्रीको सचिवालयको बलमा बढुवा हुने दाउमा छन् ।

    दोस्रो लटमा बढुवा भएका होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल, दीपेन्द्र शाही, तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल छन् । उनीहरु २०७७ को बैशाखमा बढुवा भएका हुन् । यो टोलीका होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर पनि शक्तिशाली देखिएका छन् ।

    ११४ कै ब्याचबाट २०७७ को माघमा १५ जना एसपी भएका थिए। जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही छन्।

    उनीहरुमध्ये अमरेन्द्रबहादुर, श्यामसिंह, सुरेश, राजकुमार र योगेन्द्रसिंह राजनीतिक पहुँचका आधारमा शक्तिशाली देखिएका छन्। योगेन्द्रसिंह थापा कर्मचारी प्रशासन शाखामै भएकाले उनी जसरी पनि बढुवा हुने दाउपेचमा छन्। श्यामसिंह र पदम सुदुरपश्चिमको शक्तिको आधारमा बढुवा हुन चलखेलमा छन् ।

    त्यस्तै, २०७८ को मंसिरमा एसपीहरु समेत आफुहरुको समेत तीन वर्ष अवधि पुगेकाले योग्य भएको भन्दै शक्तिकेन्द्र धाइरहेका छन् । यो टोलीमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रमेश पण्डित र अर्जुन रानाभाट छन् ।

    उनीहरुमध्ये चक्रराज जोशीले शेरबहादुर देउवाको सचिवालयबाट गृहमन्त्रीलाई फोन गराएर जसरी पनि बढुवामा राख्न दबाब दिएको स्रोत वताउँछ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत जोशी कामै छाडेर बढुवाका लागि काठमाडौं आएर बस्दा पनि आइजिपीले कारबाही गर्न सकेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार