Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • सेनिटरी प्याडमा लुकाएर ल्याएको सुन लुट्ने तीन जना पक्राउ

    सेनिटरी प्याडमा लुकाएर ल्याएको सुन लुट्ने तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ पुष २०८१
  • 540
    SHARES

    काठमाडौं । प्रहरीले अबैध सुन लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करीको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङ रहेका छन् ।



    उनीहरुले सेनिटरी प्याडमा लुकाएर सुन तस्करी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुस १४ गते आइतबार दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी थिइन् ।



    पछि ती महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीले पायो । सुन लुटिएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धान अघि बढाएको थियो।

    सो क्रममा तीन जनालाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उक्त सुन नाम परिवर्तित ‘भक्तपुर क’ महिलाले आफूले प्याड लगाएर त्यसमा लुकाएर ल्याएको खुलेको छ। सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर ल्याइएको थियो ।

    अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि लुटिएको खुलेको हो। लुटिएको झण्डै आधा किलो ४३६।१० ग्राम सुन समेत प्रहरीले बरामद गरेको छ ।

    लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार