Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु, सर्पको टोकाइबाट मात्रै ७० जनाको मृत्यु

    जनावरको आक्रमणबाट ५ महिनामा ८३ जनाको मृत्यु, सर्पको टोकाइबाट मात्रै ७० जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २२ पुष २०८१
  • 102
    SHARES

    काठमाडौं । जनावरको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको छ ।

    सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जनाको मृत्यु भएको हो ।



    नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन् ।



    यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीले बताए । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् ।

    २३६ जनाको प्रहरीले उद्धार गरेको छ । त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका प्रवक्ता अधिकारीले जानकारी दिए ।

    त्यस्तै बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । ११ जनाको प्रहरीले उद्धार गरेको छ ।

    त्यस्तै गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ४ जनाको प्रहरीले उद्धार गरेको छ ।

    भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्धार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार