Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • ३ करोडको १३ करोड मिटरब्याज असुली गर्ने एमाले वडाध्यक्ष दम्पतीलाई सेटिङमा उन्मुक्ति !

    ३ करोडको १३ करोड मिटरब्याज असुली गर्ने एमाले वडाध्यक्ष दम्पतीलाई सेटिङमा उन्मुक्ति !

    अनलाइन नेपाल
  • आइतबार, २१ पुष २०८१
  • 807
    SHARES

    कास्की । कास्कीको पोखरा क्षेत्रमा एक हजार आठ प्रतिशतसम्म ब्याज असुली गर्ने नेकपा एमालेका वडाध्यक्ष र उनकी पत्नीलाई सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको पाइएको छ ।

    पछिल्लो समय अपराधमा मुछिएका एमाले नेताहरूले उन्मुक्ति पाउन थालेका छन् । मानव तस्करीमा मुछिएका कोसी प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उन्मुक्ति दिएको थियो ।



    त्यसैगरी पश्चिम नवलपरासीस्थित सरकारी वकिल कार्यालयले आर्थिक प्रभावमा परी मिटरब्याज धन्दामा पक्राउ परेकी सुशीला सिग्देल र स्याङ्जाको हरिनाश गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओम प्रकाश सिग्देललाई उन्मुक्ति दिएको हो ।



    सिग्देललाई गत मंसिर २७ गते कास्की प्रहरीले पक्राउ गरी पश्चिम नवलपरासी पठाएको थियो । यता उनका पति ओम प्रकाश सिग्देल भने प्रहरीको फरार सूचिमा थिए ।

    फरार सूचिमा रहेका वडाध्यक्ष सिग्देल लामो समयदेखि वडामा हाजिर नै नभई पश्चिम नवलपरासीमै चलखेल गर्न पुगेका थिए । उनले एमाले नेताहरूको दबाब र आर्थिक प्रभावमा पारि मुद्दा नचलाउने निर्णय गराएको आरोप छ ।

    जिल्ला सरकारी वकिल कार्यालय पश्चिम नवलपरासीका जिल्ला न्यायधिवक्ता ऋषिकेशव बस्यालले मिटरब्याजी दम्पतीबाट मोटो रकम हात पारेको आरोप छ ।

    प्रहरीले लामो मेहनत गरी गत शुक्रबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । तर, सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा चलाउनुपर्नेमा मुद्दा नै नचल्ने निर्णय गरेको हो ।

    जिल्ला न्यायधिवक्ता बस्यालले मुद्दा नचल्ने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयमा पठाउन लागेको बताए । पोखराको सभागृह चोकमा सुनचाँदी पसल व्यवसाय गर्ने अमर कुमार विकबाट सुशीला सिग्देल र ओम प्रकाश सिग्देलले १ हजार दशमलव ८ प्रतिशतसम्म मिटरब्याज असुली गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा जाहेरी दर्ता भएको थियो ।

    सोही जाहेरीको आधारमा सिग्देल दम्पती विरुद्ध जिल्ला अदालत पश्चिम नवलपरासीबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले मिटरब्याज आरोपी सुशीलालाई पक्राउ गरेको थियो ।

    श्रीमती पक्राउ परेपछि वडाध्यक्ष ओम प्रकाश सिग्देल कार्यालय छाडेर फरार भएका थिए । अमर कुमार सुनारले ३ करोड १० लाख ८७ हजार रुपैयाँ सुशीला सिग्देल दम्पतीबाट लिएकोमा सिग्देल दम्पतीले सुनारबाट ६८ देखि १ हजार दशमलव ८ प्रतिशतसम्म ब्याज असुली गरी १३ करोड ६७ लाख ६५ हजार ६ सय ४१ रुपैयाँ मिट ब्याज असुली गरेको जाहेरी सिआइबीमा दिएका थिए ।

    जाहेरीमा सिग्देलले जोडेर पठाएको मिटरब्याजको हिसाब, म्यासेज आदान प्रदान र अडियो प्रमाण समेत रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार