Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • भारत र चीनबीच भएको सहमति नेपालकै हितमा छ : प्रधानमन्त्री ओली

    भारत र चीनबीच भएको सहमति नेपालकै हितमा छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, २१ पुष २०८१
  • 291
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच भएको सहमति नेपालको हितमा रहेको बताएका छन्।

    नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा राजनाीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।



    झण्डै चार वर्षपछि चीन र भारतबीच सीमाको तनावलाई अन्त्य गर्ने विषयमा संवाद भएको र उनीहरूले ६ बुँदे सहमति सार्वजनिक गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दुई छिमेकीहरूबिच सम्बन्ध सामान्यीकरण हुनु नेपालको पनि हितमा रहेको बताए ।



    बङ्गलादेशको राजनीतिमा ठुलो उथलपुथल भएको छ । तर बङ्गलादेशको राजनीतिक भविष्य कस्तो हुन्छ भन्ने स्पष्ट सङ्केत देखा नपरेको उल्लेख गर्दै उनले यस बिचमा हिन्दु लगायत अल्पसङ्ख्यक समुदायमाथि ज्यादतीका घटना भएको र कतिपय अतिवादी समूह सक्रिय देखिएको बताए।

    बङ्गलादेशका घटनाक्रममा कतिपय भूराजनीतिक चासो पनि अस्वाभाविक रूपमा प्रकट बताउँदै प्रधानमन्त्री ओलीले बङ्गलादेशको समस्या त्यहाँका सार्वभौम जनताले स्वतन्त्र ढङ्गले निर्णय गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार