Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा

    अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, २१ पुष २०८१
  • 132
    SHARES

    एजेन्सी । अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा पुगेको हो।

    भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३-१ ले कब्जा गर्‍यो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित ३४ तथा बेउ वेबस्टरले अविजित ३९ रन बनाए ।



    उसमान ख्वाजाले ४१ रन बनाए । भारतका प्रसिध कृष्णाले तीन तथा मोहमद सिराजले एक विकेट लिए । त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो।



    भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०-विकेट फिगर पनि हासिल गरे।

    भारतले अन्तिम टेस्टमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनमै १८५ रनमा अलआउट भएको थियो । जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रतासहित १५७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।

    पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो । टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ ।

    दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनल खेल्ने छ । वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आगामी जुन महिनामा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार