Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • सहकारीलाई व्यवस्थित गर्न अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ

    सहकारीलाई व्यवस्थित गर्न अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ

    अनलाइन नेपाल
  • शनिबार, २० पुष २०८१
  • 147
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन्।

    दिगो पर्यटन सहकारी संस्थाको १४औँ साधारणसभामा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।



    उनले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको बताए।



    सञ्चारमन्त्री गुरुङले सहकारीहरुलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको बताए।

    उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको बताए।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार