काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने बताएका छन् ।
दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता उद्घघाटन गर्दै यस्तो बताएका हुन् ।
‘भरतपुर महानगरपालिकाको इनिसियसनमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनिरहेको छ,’उनले भने भविष्यमा भरतपुरले विश्वकपसम्मको आयोजना गर्न सक्छ । आयोजनाका लागि हामीले आइसिसी लगायत सबै निकायसँग पहल गर्नेछौँ ।’ सन् २०२७ मा नेपालले यू १९ महिला क्रिकेटको विश्वकपको आयोजना गर्दै छ ।
प्रतियोगिताको एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।
Leave a Reply