काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सदन छलेर सरकारले दल विभाजन अध्यादेश ल्याउन खोजेको आरोप लगाएका छन् ।
पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि बोल्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले उक्त आरोप लगाएका हुन् ।
प्रवक्ता सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए ।
प्रवक्ता सापकोटाले भने,‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो । संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्यो।’
अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको उनले बताए।
Leave a Reply