काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्।
परराष्ट्रमन्त्री राणाले आजकाठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाली जनता, नेपाल सरकार र आफ्नो तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनको परिवारजनमा समवेदना प्रकट गरेकी हुन् ।
पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो ।
परराष्ट्रमन्त्री राणाले पूर्वराष्ट्रपति कार्टरलाई एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्रका रूपमा सम्झिएकी छिन् ।
Leave a Reply