Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • देशमा सुशासन स्थापित गर्न नेतृत्वको नियत स्पष्ट हुनुपर्छ : प्रचण्ड

    देशमा सुशासन स्थापित गर्न नेतृत्वको नियत स्पष्ट हुनुपर्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १९ पुष २०८१
  • 57
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन स्थापित गर्न नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्।

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।



    उनलेसुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए।



    अध्यक्ष प्रचण्डले भने,‘के हामी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक जसरी जानुपर्ने हो गएका छौं त ? नेपाली समाजले राजनीतिक दलहरु र सरकारबाट त्यो महसुस गरेको छ त ? यो गम्भीर प्रश्नको जवाफ दिनैपर्छ ।’

    आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार