काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहनामा उनी पुनः सक्रिय राजनीतिमा फर्किएका हुन् ।
उनी बिहीबार बसेको स्थायी समितिको बैठकमा पदाधिकारी बस्ने कुर्सीको लाइनमा बसेका थिए । पार्टीको कुनै पदमा मनोनीत नभए उनी वरिष्ठ नेताको हैसियतले नन्दबहादुर बैठकमा उपस्थित भएको बताइएको छ ।
माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष बनाउने तयारी थालेको छ । सम्भवतः आगामी केन्द्रीय समिति बैठकले उनलाई उपाध्यक्षमा मनोनीत गर्नेछ ।
Leave a Reply