Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • उपनिर्वाचनले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरेको प्रचण्डको दाबी

    उपनिर्वाचनले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरेको प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १८ पुष २०८१
  • 114
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको बताएका छन् ।

    उदयपुर जिल्लाका नेता कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको भेटमा उनले यस्तो बताएका हुन् ।



    उदयपुरमा यसअघि हारेका दुईवटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको भन्दै अध्यक्ष प्रचण्डले यसका लागि उदयपुरको पार्टी नेतृत्वलाई बधाई दिए ।



    ‘यसपटकको उनिर्वाचनमा प्रदेश नम्बर १ (कोसी) मा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ,’ उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार