Online Nepal
  • शनिबार, २० पुष २०८१
  • काठमाडौं र अपराध अनुसन्धानका एसएसपीको किन भएन सरुवा ?

    काठमाडौं र अपराध अनुसन्धानका एसएसपीको किन भएन सरुवा ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ पुष २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले मंगलबार पाँच एसएसपीको सरुवा गर्‍यो । जसमा विभिन्न चार कार्यालयमा इन्चार्जका रुपमा पठाइएको छ । तर, एसएसपीको सर्वाधिक प्रतिस्पर्धा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीको भने हेरफेर भएको छैन ।

    परिसरमा एसएसपी बसन्त रजौरे र अपराध अनुसन्धानमा एसएसपी सानुराम भट्टराई कार्यरत छन्। उनीहरुको कार्यकाल नौ महिना नाघेको छ। गत १४ बैशाखमा दुवैको सरुवा भएको थियो।



    सामान्यतया एक वर्षमा इन्चार्जहरुको सरुवा हुने भएपनि परिसर र अपराध अनुसन्धान कार्यालयमा थोरैले मात्र पूरा कार्यकाल काम गर्न पाएका छन्। दुवै जनाको कार्यसम्पादन पनि सशक्त हुन सकेको छैन। प्राविधिक कारणले उनीहरुको सरुवा हुन नसकेको स्रोत बताउँछ ।



    ललितपुर परिसर लगायतमा सरुवा भइसेपछि काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयको प्रतिस्पर्धा साँघुरो भएको छ । जसमा एसएसपीद्वय विश्व अधिकारी र रमेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

    बस्नेत यसअघि परिसरमा लामो समय काम गरेका अधिकृत हुन्। गृहमन्त्री रमेश लेखक उनकै पक्षमा रहेको बताइन्छ ।

    यद्यपी आइजिपी बसन्तबहादुर कुँवरले भने अधिकारीलाई प्राथमिकतामा राखेका छन्। अधिकारीको व्यक्तिगत कमजोरी रहेको र कमाण्डमा सशक्त नभएकाले काठमाडौं परिसर चलाउन नसक्ने भनेर कतिपयले गृह मन्त्रालयमा रिपोर्टिङ गरेका छन् ।

    हाल काठमाडौं परिसरले रवि लामिछानेको मुद्दा अनुसन्धान गरिरहेकाले तत्काल एसएसपी रजौरेलाई नहटाइएको स्रोत बताउँछ । लामिछानेको मुद्दा टुंगो लागेलगत्तै हटाउन लागिएको छ ।

    त्यसबीचमा एसएसपीको समेत बढुवा हुन सकेमा सरुवा र पदस्थापन एकैपटक हुने सम्भावना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार