कास्की । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जारी थुनछेक बहसमा आजबाट जाहेरीवालाको तर्फबाट बहस हुने भएको छ ।
हिजो सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।
हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।
जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने बताइएको छ ।
Leave a Reply