Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • ‘रिटायर्ड’ भएका चार एआईजी र दुई डीआईजीको बिदाइ

    ‘रिटायर्ड’ भएका चार एआईजी र दुई डीआईजीको बिदाइ

    अनलाइन नेपाल
  • मंगलबार, १६ पुष २०८१
  • 2.9K
    SHARES

    काठमाडौं । हालै सेवानिवृत्त भएका नेपाल प्रहरीका चार एआईजी र दुई डीआईजीको प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई बिदाइ गरेका हुन् ।



    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गरे।



    अवकाश पाएका सबै विसं २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त अधिकारी हुन् । किरण बज्राचार्य पुस १६ गते, भिम प्रसाद ढकाल मंसिर २८ गते, भरत बहादुर बोहरा पुस १४, केदार ढकाल मंसिर २२ गते, डा. देउती गुरूङ पुस १५ र विकास राज खनालले वैशाख ७ गते अवकाश पाएका हुन् ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार