Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • ०८४ को निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

    ०८४ को निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १६ पुष २०८१
  • 150
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

    छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले उक्त निर्णय गरेको हो ।



    नेकपाले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको नेकपाका महासचिव विप्लवले बताए ।



    आगामी चुनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने महासचिव विप्लवले बताए।

    बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ।

    देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार