काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु पर्ने बताएका छन्।
काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए।
सभापति देउवाले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने बताए ।
सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्नु आजको आवश्यकता भएको बताए।
सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको बताए।
Leave a Reply