Online Nepal
  • सोमबार, ५ फाल्गुन २०८१
  • आफैंलाई गोली हानेका प्रहरी जवानको अवस्था गम्भीर, थप उपचारका लागि नेपालगन्ज पठाइँदै

    आफैंलाई गोली हानेका प्रहरी जवानको अवस्था गम्भीर, थप उपचारका लागि नेपालगन्ज पठाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ पुष २०८१
  • 1.8K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा आफैंमाथि गोली चलाएका प्रहरी जवान चक्रप्रसाद न्यौपानेलाई थप उपचारको लागि नेपालगन्ज लगिने भएको छ ।

    टाउकोमा गोली लागेका न्यौपानेलाई उपचारका लागि धनगढीस्थित नवजिव अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज लगिन लागिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएका थिए । कञ्चनपुर प्रहरीका अनुसार शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफैँलाई गोली हानेका थिए ।

    उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । निधारको साइड बाट गोली पार भएर गोली हड्डीमा लागेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार