Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनी सरकारबीच सम्झौता

    विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनी सरकारबीच सम्झौता

    अनलाइन नेपाल
  • शुक्रबार, १२ पुष २०८१
  • 114
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच सम्झौता भएको छ। विकास र समृद्धिको लागि सहकार्य गर्न दुई सरकारबीच सम्झौता भएको हो।

    लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशको बीचमा १९ बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।



    दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता गरेका छन् ।



    प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने, प्रदेश कानुन बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने, राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकारसमक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजनासम्बद्ध सवालहरुमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने साझा प्रतिवद्धतामा उल्लेख छ।

    त्यस्तै लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर-सुर्खेत १३२ के.भी.ए. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने र अन्तर प्रदेश आवद्ध भएका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन्।

    उक्त साझा प्रतिबद्धतामा नेपालको संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मअनुरूप सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात् गर्दै दुई प्रदेशको अन्तरआबद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनीका मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार