एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
डिसेम्बर २७ मा हुने सबै सरकारी कार्यक्रमहरु रद्द गरिएको हो। शनिबार अन्त्येष्टिको दिन विदेशमा रहेका भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।
केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ। प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ।
कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सार्वजनिक बिदा र सात दिने राजकीय शोकको घोषणा गरेको छ ।
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरुले शोक व्यक्त गरेका छन् ।
उनको शनिबार अन्तिम संस्कार गरिने छ । उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने जनाइएको छ ।
Leave a Reply