Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • माओवादी विभाजन साउने भेल जस्तै हो, फुट्ने क्रम रोकिन्नँ : विप्लव

    माओवादी विभाजन साउने भेल जस्तै हो, फुट्ने क्रम रोकिन्नँ : विप्लव

    अनलाइन नेपाल
  • बिहिबार, ११ पुष २०८१
  • 561
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन् ।

    माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव चन्दले यस्तो बताएका हुन् । उनले माओवादी विभाजनलाई साउने भेलसँग तुलना गरे ।



    उनले माओवादी फुटेर १९ समूह भइसकेको उल्लेख गर्दै अब यो क्रम कहाँसम्म पुग्ने हो निश्चित नभएको बताए।

    चन्दले माओवादी नेताहरूको मन अशान्त र दिमाग अस्थिर भएको टिप्पणी गर्दै माओवादीले मुलुकमा विभिन्न तरंग ल्याउने गरेको बताए । माओवादीको विस्तार धेरै भए पनि सम्हालिन नसकेर ठाउँ–ठाउँमा विभाजित भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार