पोखरा। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको बयान कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज दिउँसोबाट सुरु भएको हो।
यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान भइरहेको छ। बिहीबार नै अर्की प्रतिवादी लिला पछाईको बयान सकिएपछि रविको बयान सुरु भएको हो।
यसअघि नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो। अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ।
उनीहरुको बयान शुक्रबारसम्ममा सक्ने अदालतको तयारी छ। सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ३१ जनालाई प्रतिवादी बनाइएको छ।
सम्पत्ति शुद्धीकरणमा चार जना र क्रिप्टोको कसुरमा २ जनालाई प्रतिवादी बनाइएको छ। बयान सकिएपछि उनीहरुलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।
Leave a Reply