Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बयानका लागि रवि लामिछानेलाई अदालत लगियो

    बयानका लागि रवि लामिछानेलाई अदालत लगियो

    अनलाइन नेपाल
  • बिहिबार, ११ पुष २०८१
  • 162
    SHARES

    काठमाडौं । सहकारी ठगी कसुरका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको छ ।

    सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रविलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको हो।



    उनीसँगै हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ । हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लिला पछाईंको बयान चलिरहेको छ ।



    लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ । न्यायाधीश नितिज राईको इललासमा उनीहरुको बयान हुँदैछ ।

    आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो।लामिछानेसहित पाँच जनाविरूद्ध भने सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार