Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अर्थसहित चारवटा समितिको बैठक बस्दै, यस्तो छन् एजेन्डा

    अर्थसहित चारवटा समितिको बैठक बस्दै, यस्तो छन् एजेन्डा

    अनलाइन नेपाल
  • बिहिबार, ११ पुष २०८१
  • 39
    SHARES

    काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ ।

    संसद सचिवालयका अनुसार आज अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिको बैठक बस्न लागेको हो ।



    अर्थ र पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे तथा राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।



    अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

    यसैगरी, राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्त बनेको विधेयक सम्बन्धमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी छ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार