Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रहरीमाथि चोरीको आरोपित भगाउँदै गरेको आरोप, पत्रकारको धर्नापछि फेरि पक्राउ

    प्रहरीमाथि चोरीको आरोपित भगाउँदै गरेको आरोप, पत्रकारको धर्नापछि फेरि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ पुष २०८१
  • 495
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवास नगरपालिका-१० विकासबस्तीका किशन राना रहेका छन् ।

    उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीले कञ्चनपुर प्रहरीको समन्वयमा पुर्नवासबाटै पक्राउ गरेको हो । उनीमाथि सुदूरपश्चिम प्रदेश ०१-०१० प ५६२० नम्बरको २२० सिसीको बजाज कम्पनीको मोटरसाइकल चोरीमा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार रानालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पुष्टि गरेको छ ।



    उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । हाल उनी कैलाली प्रहरीको हिरासतमा छन् । पक्राउ परेका राना पुस ५ गते आफै जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएका थिए ।



    तर प्रहरीले उनलाई त्यही दिन छोडेको थियो । यता सवारी धनी तथा पत्रकार कलम सावद आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा धर्ना दिन पुगेका थिए ।

    पत्रकार कमल सावद आइतबार कैलाली प्रहरी परिसरमा धर्नामा

    प्रहरीले आफ्नो मोटरसाइकल खोज्न लापरबाही गरेको, मुद्धा दर्ता नगरेको र जिल्ला प्रहरी कार्यालय कैलालीमा आफै हाजिर भएका आरोपित रानालाई लिखितम् कागजसमेत नगराई छाडेको भन्दै धर्नामा बसेका थिए । प्रहरीले नै आरोपितलाई भगाएको पत्रकार सावदको आरोप थियो ।

    तर कैलाली प्रहरीका प्रमुख विष्टले आरोपित रानालाई सोमबार पक्राउ गर्ने प्रतिबद्धता जनाए पछि उनी धर्नाबाट पछि हटेका थिए । उनी जिल्ला प्रहरी कार्यालयमा धर्ना बसेपछि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरतबहादुर शाह लगायत पत्रकारको टोली त्यहाँ पुगेको थियो ।

    पत्रकारको टोलीसँग कैलालीका प्रहरी प्रमुख विष्टले सोमबार फेरि आरोपितलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार आरोपित रानालाई सोमबार पुनः पक्राउ गरिएको हो ।

    उनको मोटरसाइकल भदौं १३ गते धनगढीको दिनेश एफएमबाट खरिद गरेकै दिन चोरी भएको थियो । प्रहरीले पनि सोही दिनबाट खोजतलास गरेपनि अहिलेसम्म मोटरसाइकल भेटाउन सकेको छैन ।

    प्रहरीले आफूहरुले भ्याएसम्म खोजी कार्य भइरहेको दाबी गरेको छ । तर यता सवारी धनी सावदले भने प्रहरीले मोटरसाइकल खोज्न लापरबाही गरेको भन्दै प्रहरी कर्मचारीलाई समेत कारबाही गर्न माग गरेका छन् ।

    उनले जिल्ला प्रहरी कार्यालय कैलालीका कर्मचारीलाई कारबाही गर्न माग गर्दै सोमबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा निवेदनसमेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार