Online Nepal
  • शनिबार, ६ बैशाख २०८२
  • कांग्रेस नेता सिटौला भन्छन् – ०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ

    कांग्रेस नेता सिटौला भन्छन् – ०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ

    अनलाइन नेपाल
  • सोमबार, ८ पुष २०८१
  • 420
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ०८४ मा कांग्रेस एक्लै चुनाव लडने बताएका छन् ।

    नेपाली कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन्।



    उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताए ।

    नेता सिटौलाले भने,‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो। त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान।’

    आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी पनि उनको थियो।

    अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्दै उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जसरअपजस लिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार