Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्न सभामुख घिमिरेलाई रास्वपाको आग्रह

    रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्न सभामुख घिमिरेलाई रास्वपाको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ८ पुष २०८१
  • 585
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।

    सभामुख घिमिरेलाई भेटेर रास्वपा सांसदहरुले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने बताएका हुन्।



    रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू सोबिता गौतम र गणेश पराजुलीले सोमबार दिउँसो सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेविरूद्ध कास्की अदालतमा मुद्दा परेको भन्दै सांसदबाट निलम्बन गर्न कास्की प्रहरीले पठाएको पत्रबारे ध्यानाकर्षण गराएका थिए ।

    सभामुखसँगको भेटमा सभापति लामिछानेमाथि दर्ता भएको मुद्दा र त्यसपछि लामिछानेलाई निलम्बन गर्न कास्की प्रहरीले पठाएको पत्रबारे ध्यानाकर्षण गराइएको रास्वपाले जनाएको छ ।

    रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको छ ।

    सभामुखसँगको भेटमा रास्वपाका सांसदहरूले प्रतिनिधि सभा नियमावलीबारे पनि ध्यानाकर्षण गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार