काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेलमा सट्टेबाजी गराएको आरोपमा २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ ग्राण्डी टावरको नेप्चुन बिल्डिङमा बस्ने ४७ वर्षका हरिस जावा र सोही ठाउँका ऋषि मातन रहेका छन् ।
उनीहरुले ग्रान्डी टावरको नेप्चुन अपार्ट्मेन्टको फ्यालट्मा एनपीएलको फाइनल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रह्रीले पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी काठमाडौंबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई सट्टेबाजी गराउन प्रयोग भएको मोबाइल ल्यापटपसहित पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट प्रहरीले सट्टेबाजी गराउन प्रयोग भएका ५ वटा मोवाइल, एउटा ल्यापटप, एनसेलका ८ वटा सिम, हरिसको भारतीय राहदानी, आधार कार्ड, ऋषिको आधारकार्ड र भोटिङकार्ड बरामद गरेको छ।
यसअघि पनि एनपीएलमा बेटिङ गराएको आरोपमा प्रहरीले केही भारतीय नागरिकलाई पक्राउ गरेको थियो।
Leave a Reply