Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • रवि लामिछानेविरुद्ध आज तीनवटा अभियोगमा मुद्दा दर्ता हुँदै

    रवि लामिछानेविरुद्ध आज तीनवटा अभियोगमा मुद्दा दर्ता हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ पुष २०८१
  • 186
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता गर्ने तयारी भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविविरुद्ध आज मुद्दा दायर गर्ने तयारी गरेको हो ।

    रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ ।



    पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।



    प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार