Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • देशमा भ्रष्टाचार लुकाउन सरकार फेरिने अवस्था बनेको छ : बाबुराम भट्टराई

    देशमा भ्रष्टाचार लुकाउन सरकार फेरिने अवस्था बनेको छ : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, ६ पुष २०८१
  • 288
    SHARES

    जनकपुरधाम । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचार लुकाउन सरकार फेरिने अवस्था बनेको बताएका छन् ।

    जनकपुरधाममा मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।



    उनले कांग्रेस, एमाले र माओवादी चरम भ्रष्टाचारमा डुबेको आरोप लगाए । तीन ठूलासहित मधेशवादी दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको अध्यक्ष भट्टराईले आरोप लगाए ।



    अध्यक्ष भट्टराईले भने, ‘अहिले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने काम भइरहेको छ । भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीब्र विकास र समृद्धि ल्याउने एजेण्डा हामीले बोकेका छौं ।’

    भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई लुट्ने काम भइरहेको उनको भनाइ छ । अध्यक्ष भट्टराईले भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरुको छानबिन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार