Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • पहुँचका आधारमा योजना छनोट गर्ने चलन अन्त्य गर्नुपर्छ : यातायातमन्त्री दाहाल

    पहुँचका आधारमा योजना छनोट गर्ने चलन अन्त्य गर्नुपर्छ : यातायातमन्त्री दाहाल

    अनलाइन नेपाल
  • शनिबार, ६ पुष २०८१
  • 33
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पहुँचका आधारमा योजना छनोट गर्ने चलनको अन्त्य गर्नुपर्ने बताएका छन् ।

    काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसको ३४औ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यातायातमन्त्री दाहालले यस्तो बताएका हुन् ।



    कुनै पहुँचवाला वा शक्तिमा रहेको व्यक्तिको प्रभावका भरमा योजना तर्जुमा गर्न नहुने उनको भनाइ छ ।



    आवश्यकता र प्राथमिकतामा आधारमा छनोट भएका योजना मात्र प्रभावकारी र उपयोगी हुने यातायातमन्त्री दाहालले बताए ।

    प्राविधिक तथा जीवन उपयोगी शिक्षामा जोड दिन सके स्वदेशमा नै युवाहरू टिक्न सक्ने वातावरण बन्ने भन्दै उनले आफ्नै देशमा गरिखान सक्ने सीप र शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार