काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सो आरोप लगाएका हुन् ।
उनले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताए ।
सरकारको फेरबदल अहिले नहुने तर, सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने उनको भनाई छ ।
Leave a Reply