काठमाडौं । नेपालमा एक जनामा मंकीपक्स पुष्टि भएको छ । भर्खरै साउदी अरेबियाबाट नेपाल आएका करिब ३५ वर्षीय युवामा पुष्टि भएको हो ।
ती युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। यसअघि २०८० साल असारमा विदेशबाट आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो ।
तर नेपालीलाई मंकिक्स देखिएको यो पहिलो घटना हो । मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिइएको छ ।
Leave a Reply