Online Nepal
  • शुक्रबार, ५ पुष २०८१
  • आज चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    आज चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ पुष २०८१
  • 57
    SHARES

    काठमाडौं । चार संसदीय समितिको बैठक शुक्रबार बस्दैछ । महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ ।



    संसद् सचिवालयका अनुसार बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ । यस्तै समितिको आगामी कार्यक्रम सम्बन्धमा पनि छलफल हुनेछ ।



    बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

    यस्तै साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को विषयमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार