काठमाडौं । आज २०८१ साल पुस ५ गते शुक्रबारको राशिफल ।
मेष
कार्यक्षेत्रमा मेहनतले गर्दा उल्झेका कुराहरू सुल्झिनेछन्। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। व्यापार व्यवसायमा नयाँ कामको रूपरेखा बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन
नोकरी वा पेशामा नयाँ जिम्मेवारीको वहन गर्नुपर्ने हुन्छ। व्यापार व्यवसायमा सामाजिक चिनजानबाट लाभ मिल्नेछ। कलाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
वैदेशिक रोजगारको लागि अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा आलोचक र अवसरवादीहरूसँग सावधान रहनुहोस्। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
तुला
नोकरी वा पेशामा कार्यकुशलताले विवादास्पद मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। महत्त्वपूर्ण निर्णयहरूमा घरपरिवारको सल्लाह लिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
धनु
नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनको ख्याल राख्नुहोला। आर्थिक पक्षमा हानिको योग हुनसक्छ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
कुम्भ
व्यापार, कृषि वा पशुधनबाट मनग्य लाभ पाइनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा संघर्ष बढ्नेछ। नोकरी वा पेशामा मनमानी गर्दा अधिकारी वर्गहरूसँग मनमुटाव हुन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
बृष
कार्यक्षेत्रमा धैर्य र पराक्रमकमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा भाइबहिनीहरूको साथ मिल्नेछ। सामाजिक वा सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। अगाडि सम्पादित गरिएको कामबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कार्यक्षेत्रमा इच्छाशक्ति बढ्नुको साथै लक्ष्य प्राप्तिमा सफलता मिल्नेछ। कानुनी मुद्दा मामिलामा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू प्राप्त हुनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। कार्य क्षेत्रमा प्रतिद्वन्दीहरू पछि हट्नेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
व्यापार व्यवसायमा नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक रहनेछ। कार्यक्षेत्रमा नम्र व्यवहारले सहयोगीहरूको साथ मिल्नेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर
आर्थिक पक्ष मजबुत रहनेछ। नोकरी वा पेशामा वरिष्ठ जनहरूबाट प्रशंसा पाइनेछ। अध्ययनमा प्रगति हुनेछ। चिताएको काम सजिलै सम्पादन हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन
सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। घरपरिवारमा धार्मिक वा मांगलिक कार्यले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि महत्वपूर्ण तथ्यको पूरा जानकारी लिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
Leave a Reply