काठमाडौं। जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमाकर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।
फाइनल खेल सुदूरपश्चिम र जनकपुरबीच हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो।
बिहीबार कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
ओपनरद्वय शुभ कंसाकार ३ रन र कप्तान आसिफ शेख ४ रनमै आउट भए। लाहिरू मिलान्था पनि २ रनमा आउट भएपछि जनकपुरले चार ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो।
आकास त्रिपाठीले १३ रन र हर्ष थाकरले १७ रन जोडे। थाकर जिमी निशमसँग असमझदारीका कारण १२औं ओभरमा रनआउट हुन पुगेका थिए। त्यसपछि जिमी निशमले १७ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४५ रन जोडे।
तर उनी १५औं ओभरको तेस्रो बलमा कर्णालीका विपिन शर्माबाट बोल्डगरे। यहि ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई विपिनले १ रनमा एलबिडब्लूको धरापमा पर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो।
१९औं ओभरको चौथो बलमा मयन यादव दुई रन लिने क्रममा रनआउट हुन पुगेका थिए। उनले १८ बलमा १४ रन जोडे। यो ओभरमा जनकपुरले १४ रन लिएपछि जित निकाल्न सफल भयो।
जसमा शेर मल्लले १० बलमा जोडेको नटआउट १६ रन महत्वपूर्ण सावित भयो। बलिङमा कर्णालीका विपिन शर्माले ३ विकेट लिए भने सोमपाल कामी, विलियम बासिस्टो र जिशन मक्सुदले १/१ रन हात पारे।
Leave a Reply