Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • चार महिनामा ५०९ जना प्रहरीले छाडे जागिर !

    चार महिनामा ५०९ जना प्रहरीले छाडे जागिर !

    अनलाइन नेपाल
  • बिहिबार, ४ पुष २०८१
  • 534
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा जागिर छोड्ने क्रम बढेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ५०९ जना प्रहरी कर्मचारीले जागिर छाडेका हुन् ।



    साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले जानकारी दिए ।



    यस्तै साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार