Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

    एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

    अनलाइन नेपाल
  • बिहिबार, ४ पुष २०८१
  • 72
    SHARES

    काठमाडौं । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागू गर्न लागेको हो । यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।



    कक्षा ८, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ ।



    संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा ‘डी’ ल्याउनैपर्ने हुन्छ। यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आउँदो चैत ७ गतेदेखि हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार