काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १७६ रनको लक्ष्य दिएको हो ।
टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो। कर्णालीका लागि ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालले डेब्यू खेलमै अर्धशतक प्रहार गरे।
मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दा कर्णालीको योगफल बलियो भयो। कोल्सावालाले ५३ रन जोड्ने क्रममा ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ५९ रनको साझेदारी गरे। बोसिस्टोले ५२ रन जोडे। १९औं ओभरमा सोहेल तन्विरबाट बोल्ड हुनुअघि उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
बोसिस्टोले पाँचौ विकेटका लागि चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरे। वाल्टनले नटआउट ४६ रन जोड्ने क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
वाल्टन, कोल्सावाल र बोसिस्टोले राम्रो खेले पनि नेपाली ब्याटर चल्न सकेनन्। ओपनिङमा आएका रित गौतम शून्यमा दोस्रो ओभरमा चितवनका सोहेल तन्विरको बलमा विकेटकिपर विपिन रावलबाट सामातिए।
यस्तै पाँचौं ओभरको अन्तिम बलमा शरद भेषवाकरले जीशन मक्सुदलाई १४ रनमा आउट गरे। आउट हुनुअघि उनले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे।
यस्तै गुल्सन झा पनि शून्यमा कुशल मल्लबाट बोल्ड भएका थिए। देव खनाल अन्तिम ओभरमा ३ रनमा रनआउट भए। बलिङमा चितवनका सोहेल तन्विरले २ विकेट लिए।
उनले ४ ओभरमा २४ रन दिए। रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले १-१ विकेट लिन सफल भए। यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ।
Leave a Reply