Online Nepal
  • बुधबार, ३ पुष २०८१
  • नेपाल प्रिमियर लिग

    चितवन राइनोजलाई तेस्रो सफलता, बोपाराले लिए विकेट

    चितवन राइनोजलाई तेस्रो सफलता, बोपाराले लिए विकेट

    अनलाइन नेपाल
  • बुधबार, ३ पुष २०८१
  • 63
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजलाई तेस्रो सफलता मिलेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका रवि बोपाराले तेस्रो सफलता दिलाएका हुन् । उनले जयकिशन कोलसावालालाई ५३ रनमा आउट गरे । यसअघि शरद भेसवाकरले दोस्रो सफलता दिलाएका थिए ।



    उनले जिशान मकसूदलाई १४ रनमा क्याच आउट गराए । यसअघि सोहेल तानवीरले पहिलो सफलता दिलाएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमै ओपनर रित गौतमलाई आउट गरे ।



    चितवनले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गरिरेहको छ । यो समाचार तयार पार्दासम्म कर्णाली याक्सले १३ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ९५ रन बनाएर खेलिरहेको छ ।

    यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार