काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजलाई दोस्रो सफलता मिलेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका शरद भेसवाकरले दोस्रो सफलता दिएका हुन् ।
उनले जिशान मकसूदलाई १४ रनमा क्याच आउट गराए । यसअघि सोहेल तानवीरले पहिलो सफलता दिएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमै ओपनर रित गौतमलाई आउट गरे ।
चितवनले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गरिरेहको छ । यो समाचार तयार पार्दासम्म कर्णाली याक्सले ६ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४९ रन बनाएर खेलिरहेको छ ।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।
Leave a Reply